समाचार

साताको पहिलो दिनमै नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौँ – साताको पहिलो दिन नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १४.६७ अंकले घटेर २६१६.५८ अंकमा अडिएको छ।

आईतबार २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६७ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा खरिद बिक्री भयो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लागेको छ। होटल तथा पर्यटनको सर्वाधिक १.९६ प्रतिशतले सूचक घट्दा व्यापारको १.६४, विकास बैंकको १.१७, वित्तको १.१७, अन्यको १.४३, जीवन विमाको १.३७ले सूचक घटेको हो।

आज लगानी समूहको मात्रै १.६६ प्रतिशतले सूचक बढेको हो।

यसदिन नेप्से घटेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्र उत्थान लघुवित्त संस्थाको र इमर्जीङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यसदिन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो।

सो कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६३० मा सेयर किनबेच भयो।