राजनीति

हरिहर अधिकारीसहित १६ जना कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत


काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा हरिहर अधिकारीसहित अन्य १६ जना सदस्य मनोनीत भएका छन् । अधिकारी काठमाडौँ जिल्लाबाट बागमती प्रदेश कार्यसमितिको मनोनयनमा परेका हुन् ।

बागमती प्रदेशका कांग्रेस सभापति इन्द्रबहादुर बानियाले विधानको धारा १३ (६) झ बमोजिम अधिकारीसहित १६ सदस्यलाई मनोनीत गरेका हुन् । बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले चैत्र ६ गते विज्ञप्ति निकाल्दै उनीहरुलाई मनोनीत गरेको जानकारी दिएका हुन् ।

मनोनित हुनेमा काठमाडौँबाट अधिकारी, छिरिङ दोर्जे लामा, राजु खरे, गौरी दवाडी र भगवतीकुमारी खड्का परेका छन् । त्यस्तै निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, रमेशकुमार बखती ललितपुर, राजेश महर्जन ललितपुर र प्रभुराम श्रेष्ठ दोलखा छन् ।