Breaking

स्थानीय निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने प्रचण्डको दाबी


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दावी गर्नु भएको छ । अध्यक्ष प्रचण्डले जनउभार आफ्नो पार्टीको पक्षमा देखिएको उल्लेख गर्दै पहिलो बन्ने सम्भावना रहेको बताउनु भएको हो ।

आईतबार बिहान पोखराका स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले विगतमा आफ्नो पार्टीलाई मत नदिएर गल्ती गरेको महसुस जनताले गरेको भन्दै स्थानीय तह निर्वाचनमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा निर्वाचनमा जाने तयारीमा लागिएको पनि दोहो¥याउनु भयो ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै त्यस प्रक्रियामा सामेल हुन पनि सबैलाई आह्वान गर्नु भयो ।