राजनीति

राष्ट्रिय सभालाई भुमिकासहित चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई


काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रिय सभालाई भुमिकासहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले बिगतमा प्रतिनिधि सभा नहुँदा संसद् बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारीत गर्नुपर्र्नेे बताउनुभयो ।

उहाँले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रिय सभामा आएका विधेयकहरुको साठ्ठी दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताउनुभयो । यसले गर्दा कानून निर्माण हुन नसकेको उहाँको भनाई छ ।

अध्यक्ष तिमिल्सिनाले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारीत गर्नुपर्नेमा जोड दिनुभयो ।