काठमाडौँ — युक्रेनमा रुसको प्रचार गर्ने करिब १५ सय सञ्चारमाध्यमलाई बन्द गरिएको छ । इन्टर फ्याक्स समाचार एजेन्सीका अनुसार रुसी आक्रमण शुरु भएदेखि युक्रेनमा रुसबारे प्रचार गर्ने सञ्चारमाध्यमलाई रोक लगाइएको हो । युक्रेनको सुरक्षा अधिकारीहरुले १५ सय रुसी सञ्चारमाध्यमलाई बन्द गर्न सफल भएको बताएका छन् । अवरुद्ध सञ्चारमाध्यमका दर्शकको संख्या करिब डेढ करोड रहेका थिए ।
यसका साथै युद्ध अपराध तथा युक्रेनी नागरिकको मृत्यु सही भएको जनाउने ३ ,१७८ समाचार सामग्रीलाई हटाइएको छ । युक्रेनको साइबर प्रहरी, स्टप रसिया च्यानल तथा स्टप ड्रग्स बोटले टेलिग्राम च्यानलमार्फत युक्रेनी नागरिकले गरेको उजुरीका आधारमा ती सञ्चारमाध्यमको प्रकाशन प्रशारण तथा समाचार सामग्री बन्द गराएको अधिकारीहरुले बताएका छन् । एजेन्सी


प्रतिक्रिया