देश

नेकपा एमाले अध्यक्ष ओली झापामा


काठमाडौँ —पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । इलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन् । झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ । फिक्कलमा आज पार्टी प्रवेश र जनसभाको कार्यक्रम रहेको छ । अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल गएका छन् ।