Breaking

पानीमाथिको रोमाञ्चक यात्रा, यस्तो छ विश्वकै उत्कृष्ट भोटेकोशी र्‍याफ्टीङको मजा


काठमाडौँ – पर्यटनका धेरै आयामहरुमध्ये जल पर्यटन नेपालका लागि आकर्षणको केन्द्र हो । तालतलैया र नदीनालाहरुमा विभिन्न सम्भावनाको खोजी पनि निरन्तर भइरहेको छ । त्यसमध्ये पछिल्लो समय ¥याफ्टीङसबैको रोजाइमा परेको छ ।

चिसोबाट तात्तिदै गरेको उखरमाउलो मौसमले जिउ नै तताएपछि काठमाडौंबाट तन्नेरीकासानासाना हुलहरुसिन्धुपाल्चोकको सुकुटे पुगिरहेका छन् । मुख्य उद्देश्य भोटेकोशीका छालहरुमाथि ¥याफ्टीङको मज्जा लिने ।

¥याफ्टीङका सबै नियमहरु गाइडद्धारा पाएपछि सुरु हुन्छ पानीमाथिको रोमाञ्चक यात्रा । केही डर, केही उत्साह रकेही नयाँ अनुभवका साथ साढे चार किलोमिटरको दुरी ४ मिनेटमै सकिएजस्तो लाग्छ। तर यात्रा चाहीँ झण्डै आधी घण्टाको ।

नेपालमा हुने साहसिक खेलहरुमध्ये ¥याफ्टीङ अग्रभागमा आउँछ । कविश्वका धेरै गन्तव्यहरुमध्ये नेपालका केही नदीहरु ¥याफ्टीङका लागि निकै गतिला मानिन्छन् । र लोकप्रिय पनि छन् । त्यसमध्येकै एक हो भोटेकोशी । अहिले यहाँकोप्रमुख पर्यटकीय आकर्षण नै ¥याफ्टीङ बनेको छ ।

कोरोना कहरको प्रभावपछि नयाँ जीवन पाए जसरी ¥याफ्टीङ पनि आफ्नै लयमा उठिरहेको छ । पर्यटकहरुको बढ्दो आगमनले व्यवसायीहरुसमेत खुशी छन् । काठमाडौंबाट मात्रै दुई घण्टाको दुरी पार गरेपछि जल पर्यटनको उत्कृष्ट आयाम सुकुटे पुग्न सकिन्छ ।दरो मुटु बनाएर साहसिक खेल गर्न मन पराउनेहरु पानीमाथि छाल हान्न यहाँ पुग्ने गरेका छन् ।

¥याफ्टीङका लागि नेपालका भोटेकोशी, सुनकोशी र कर्णाली विश्वकै उत्कृष्ट १० मा पर्छन । नेपालमा सरकारले यी तीनसहित तामाकोशी, मस्र्याङदी, त्रिशुली, सेती, भेरी,कालीगण्डकी, बुढीगण्डकी, तमोर र अरुण जस्ता १६ नदीमा ¥याफ्टीङका लागि अनुमति दिएको छ । तर पछिल्लो समय नदीहरुमाथि भइरहेको दोहनले यसको भविष्यमाथि समेत प्रश्न उठाएको छ ।