Breaking

काल मार्क्स र लेनिनले भोट हाल्न पाउने भए कांग्रेसलाई नै हाल्थे: महामन्त्री शर्मा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने स्पष्ट पारेका छन् । शनिबार कीर्तिपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले देउवाले जथाभावी प्रश्नको जवाफ नदिने बताए

ूओलीका हलुका, उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापतिलाई छैन । आवश्यक परे हामीले दिने हो,ू उनले भने । ूप्रधानमन्त्री शेरबहादुर देउवाले होइन, यदि काल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने बोलीको ठेगान नभएका कम्युनिष्टलाई भन्दा कांग्रेसलाइ भोट हाल्थे,ू शर्माले भने ।

यसअघि, शनिबारै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यंग्य गरेका थिए ।