काठमाडौँ – रुस–युक्रेनबीचको जारी युद्धमा अहिलेसम्म ८ सय १६ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार हालसम्म १ हजार ३ सय ३३ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ । यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन् । राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै शहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गर्नुभएको छ । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी वार्ता गर्न रुससँग आह्वान गर्नुभएको हो ।
वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।


प्रतिक्रिया