Breaking

नेपाली भाषामाथि आक्रमणको कारक, जिम्मेवार त्रिभुवन विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठान हो : प्रा. मुकुन्दशरण उपाध्याय (भिडियोसहित)

भाषा किन बचाउने , नेपाली भाषाको जननी के लाई मान्ने ?


काठमाडौँ — भाषा र साहित्यसँग मानिसको अनन्य सम्बन्ध हुन्छ । भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देशविदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनुपर्छ ।

प्रत्येक भाषा साहित्यको प्रभाव र पृष्ठभूमि आ-आफ्नै छन् । यहाँ बढी चर्चा गर्न खोजिएको विषय चाहिँ नेपाली साहित्य, नेपाली भाषा साहित्यको पृष्ठभूमि र नेपाली साहित्यभित्र कुन-कुन कुरालाई अटाउने ? अन्य मुलुकको अभ्यास कस्तो छ ? मुलुकको पहिचानसँगै भाषिक पहिचान कसरी आउने गर्छ । यसै सन्दर्भमा वरिष्ठ साहित्यकार प्रा. मुकुन्दशरण उपाध्यायसँग योहो टेलिभिजनको योहो बहसमा गरिएको कुराकानी  :