Breaking

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन


काठमाडौँ – राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यु खिम्ती सबस्टेसन’ शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।