समाचार

पोखरीमा डुबेर महिलाको मृत्यु


काठमाडौँ – पञ्चेश्वर गाउँपालिका(४ कैनपानीकी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटना शुक्रबार अपराह्न भए पनि प्रहरीले ढिलो जानकारी पाएको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । भागरथी किन पोखरीमा गइन् भन्ने कुरा खुलेको छैन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । प्रहरीको टोली घटनास्थल पुगेपछि थप कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।