समाचार

रुकुमपूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, दुई घाइते


काठमाडौँ — पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु र २ जना घाइते भएका छन् ।

पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको रा १ त ३३७३ नम्बरका ट्रयाक्टर शुक्रवार बेलुकी गर्खानीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका तीनजनामध्ये एकको रुकुमपूर्व अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

घाइते दुईजनालाई राति रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको श्रेष्ठले बताए । घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको छ । पुथाउत्तरगंगा–१० का वीरप्रताप बुढा मगरको अवस्था खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुने पुरुष र गम्भीर घाइते भएका पुरुषको पहिचान खुल्न सकेको छैन । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।