Breaking

युक्रेन युद्धमा ८१६ आम नागरिकको मृत्यु


काठमाडौँ — रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अहिलेसम्म ८१६ आम नागरिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले शुक्रबार जारी गरेको तथ्यांकअनुसार बुधबारसम्म मृत्यु हुने आम नागरिकको ८१६ पुगेको हो । त्यस्तै १३३३ जना मानिसहरु घाइते भएका छन् । राष्ट्रसंघको मानवाधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार अधिकांश मानिसहरु ठूलो बमबारीमा परी मारिएका छन् ।

राष्ट्रसंघका अनुसार युक्रेको युद्धमा मारिनेको वास्तविक संख्या योभन्दा धेरै हुन सक्छ किनकी भीषण आक्रमणको चपेटामा परेका धेरै सहरबाट तथ्यांक हासिल गर्न सकिएको छैन । जसमध्ये एउटा मारिउपोल पनि हो ।