Breaking

३९२ जना कोरोना संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट आज कसैको पनि मृत्यु भएको छैन भने ३९२ जना संक्रमणमुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या ३ हजार ९९६ पुगेको छ ।