समाचार

सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत् निःशुल्क बनाउने घोषणा गर्नु भएको छ ।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत् निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पार्नु भयो । गत मंसीर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उहाँले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफूलागि परेको बताउनु भयो ।

मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गर्नु भयो । उहाँले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राख्नु भयो ।