Breaking

स्थानीय चुनावको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते २ दिन छुट्याइएको हो ।

निर्वाचन आयोगका आयुक्तका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।