Breaking

‘जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पूरै तयारीसाथ होमिऔँ’


काठमाडौँ – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा तस्बिरसहित स्ट्याटस पोस्ट गर्दै उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् ।

“प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका छन् । जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ,” उनले लेखेका छन् ।

स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ । निर्वाचनका लागि माओवादीले दुईमहिने अभियान पनि सञ्चालन गर्दै छ । प्रचण्ड हाल प्रशिक्षणका लागि प्रदेशका कार्यक्रमहरूमा व्यस्त छन् ।