काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र यूएईबीच प्रतिष्पर्धा भइरहेको छ । युएईको सारजाह क्रिकेट मैदानमा जारी खेलमा युएईले नेपललाई १६९ रनको लक्ष्य दिएको छ ।
अहिले नेपालले जवाफी व्याटिङ् गरिरहेको छ । आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पपुवा न्युगिनीलाई नै ७ विकेटले हराएको थियो ।
नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २÷२ पटक जित हात पारेका छन् ।
सन् २०१९ मा नेपालले यूएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको थियो ।
प्रतिक्रिया