Breaking

देउवा-प्रचण्डको रोचक बालुवाटार सवाल-जवाफ : काँग्रेसले हेपेपछि प्रचण्डको आक्रोश, नभए एमालेसँग तालमेल (भिडियोसहित)


काठमाडौँ — सत्ता गठबन्धनमा पलाएको अविश्वासका कारण स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषय निष्कर्षविहिन छ । गठबन्धनमै आवद्ध दलहरु एकअर्काविरुद्ध झस्किएका छन् । एमसीसीदेखि निर्वाचनसम्म गठबन्धनमा अविश्वासमात्रै देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार भइरहेका पार्टी प्रशिक्षण कार्यक्रममा लगालग एउटै कुरा दोहो¥याए । फागुन २५ गते गोदावारीमा,फागुन २७ गते सुर्खेतमा, फागुन २८ गते नुवाकोट र फागुन २९ गते विराटनगरमा ।प्रचण्डले भने, एमसीसी पास गर्न साथ नदिएको भए, एमाले र काँग्रेस मिलेर सरकार बनाउँथे ।

हामी सरकारबाट बाहिरिन्थ्यौं ।प्रधानमन्त्री देउवाले हामीलाई सिध्याउन केपी ओलीलाई प्रधानमन्त्री बनाउन तयार भएपछि हामी एमसीसी पारित गर्न तयार भयौं ।मुलतः प्रशिक्षणमार्फत प्रचण्डले तल्लोतहसम्म यही कुरा पु¥याइरहेका छन् । प्रशिक्षणबाहेकका कार्यक्रममा समेत प्रचण्डले यसरी नै कार्यकर्तालाई मनाउने गरेका छन् ।