Breaking

मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु, ९ घाइते


काठमाडौँ — मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।