समाचार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका–५, यज्ञपुरीचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भरतपुर–१६ का २४ वर्षीय आरजब दराई मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दराईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गए राति सवा ११ बजे मृत्यु भएको जनाइएको छ ।

गए राति करिब पौने ११ बजे वाग्मती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।