Breaking

प्रचण्ड सिन्धुली आउने कार्यक्रम स्थगित


काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल (राजन) ले जानकारी दिए । प्रचण्डले आज कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर अन्तिममा व्यस्तताका कारण भवन उद्घाटन गर्न प्रचण्ड उपस्थित हुन नसक्ने जानकारी आएको इन्चार्ज दाहालले बताए ।

उक्त विद्यालयको भवन शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको इन्चार्ज दाहालले बताए । दाहालका अनुसार अध्यक्ष प्रचण्डले विद्यालय भवन उद्घाटन कार्यक्रममा भर्चुअल सम्बोधन गर्ने तयारी भएको छ । अध्यक्ष प्रचण्ड भोलि शनिवार भने नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न सिन्धुली आउने कार्यक्रम तय भएको छ ।