समाचार

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


काठमाडौँ — रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँ मिलचोकमा गएराति मोटरसाइकलबाट खसेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमानगरपालिका १५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापा रहेका छन् । मोटरसाइकलबाट खसेर घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराति पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।