Breaking

उपत्यकाको होलीमा देखिए विचित्रको दृश्य,के छ होली पर्वको महत्व


काठमाडौँ – आज फागु पूर्णिमा अर्थात् होली पर्व, देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । गत दुई वर्ष कोरोनाका कारण खल्लो बनेको होली यो वर्ष कोरोना संक्रमणदर केहि कम भएसँगै धुमधामसँग मनाइएको हो ।

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहिबार फागु पूर्णिमा मनाइएको छ । तराईको जिल्लाहरुमा भोलि मनाइने होली विहिवार पहाडी तथा हिमाली क्षेत्रहरुमा हर्षउल्लासका साथ मनाएको हो । होलीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिइएको छ । विगतको वर्षहरु भन्दा यो वर्ष उपत्यकामा होलिको रौनकता थप बढेको देखिन्छ ।

रङ्गहरूको चाड होलीको दिन घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइने गरिन्छ । गत दुई वर्ष विश्वभर फैलिएको कोरोना महामारी र स्वास्थ्य मापदण्डका कारण खल्लो बनेको होलि यो वर्ष भने आम सर्वसाधरणले खुलेर मनाएका छन । यसैबीच योहो टेलिभिजनको आयोजनमा होलिको उपलक्ष्यमा चाबाहिलमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले संस्कृतिक प्रस्तुति दिएका थिए, भने कार्यक्रममा सर्वसाधरणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने रंगहरुको पर्व होलि हिन्दु धर्मवलम्बिहरुको ठुलो पर्व हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व नेपाली संस्कृति झल्काउने पर्व समेत हो । लामो समयपछि खुलेर होलि मनाउन पाएकोमा सर्वसाधरणहरु यसरी खुशी व्यतm गर्छन ।

हिन्दू संस्कृति अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएकोले त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

अन्य पर्वहरु सरह होलि पर्वले सम्बन्धमा सुधार, सामाजिक सद्भाव सहित सामाजिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको संस्कृतविदहरुको बनाई छ । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्ने उनीहरुको बुझाई छ ।

यस्ता चाडपर्वले हामीलाई मनोरञ्जन, निरोगीता, शन्ति, सन्तोष र आनन्द प्रदान गर्दछन् । साथै हाम्रै शास्त्रीय मान्यता अनुरूप मर्यादित रूपमा समाजमा चल्नुपर्छ भन्ने विषयको दायित्वबोध समेत गराइरहेका हुन्छन् ।