Breaking

एमसीसीमा प्रचण्डलाई झुक्याएको काँग्रेसको खुलासा, देउवामाथि प्रचण्डको गम्भीर आरोप


काठमाडौँ – सत्ता गठबन्धनमा पलाएको अविश्वासका कारण स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषय निष्कर्षविहिन छ । गठबन्धनमै आवद्ध दलहरु एकअर्काविरुद्ध झस्किएका छन् । एमसीसीदेखि निर्वाचनसम्म गठबन्धनमा अविश्वासमात्रै देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार भइरहेका पार्टी प्रशिक्षण कार्यक्रममा लगालग एउटै कुरा दोहो¥याए । फागुन २५ गते गोदावारीमा,फागुन २७ गते सुर्खेतमा, फागुन २८ गते नुवाकोट र फागुन २९ गते विराटनगरमा ।प्रचण्डले भने, एमसीसी पास गर्न साथ नदिएको भए, एमाले र काँग्रेस मिलेर सरकार बनाउँथे ।

हामी सरकारबाट बाहिरिन्थ्यौं ।प्रधानमन्त्री देउवाले हामीलाई सिध्याउन केपी ओलीलाई प्रधानमन्त्री बनाउन तयार भएपछि हामी एमसीसी पारित गर्न तयार भयौं ।मुलतः प्रशिक्षणमार्फत प्रचण्डले तल्लोतहसम्म यही कुरा पु¥याइरहेका छन् । प्रशिक्षणबाहेकका कार्यक्रममा समेत प्रचण्डले यसरी नै कार्यकर्तालाई मनाउने गरेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध माओवादी र काँग्रेसबीच एमसीसीमा सहमति देखिएपनि हालसम्म अविश्वासकै जगमा सम्बन्ध अडिएको छ ।एमसीसीमाथि व्याख्यात्मक घोषणालाई मुख छोप्ने टालो बनाएपनि प्रचण्डले आफु अडानमा बेचिएको स्वीकार गरिसकेको संकेत गरेका छन् ।

मुलतः सत्ताबाट हट्ने अवस्था आएकै कारण बाध्यताबस् आफु काँग्रेससँग सहमतिका लागि तयार भएको बुझाएर सहानूभुति पाउने काम गरिरहेका छन् ।एमसीसी पास गरिसकेपछि घुमाउँरो अर्थमा प्रचण्डलाई झुक्याएको भन्दै काँग्रेस पनि यतिबेला सार्वजनिक मञ्चमै पोखिन थालेको छ ।

हुनत माओवादी–काँग्रेस गठबन्धन नामको एउटै घरमा बसिरहेका छन् । तर सबैभन्दा बढी आशंका यी दुईले एकअर्कामाथि नै गरिरहेका छन् ।काँग्रेस एमालेसँग मिल्न सक्छ भने आफु पनि मिल्न तयार रहेको प्रचण्ड बताइरहन्छन् ।

गठबन्धन एक नरहे प्रचण्ड ओलीसँग मिल्न जान्छन् र गत निर्वाचनकै जस्तो हालतमा पुगिन्छ भन्ने डर देउवामा छ । यही अविश्वासका कारण स्थानीय तहको निर्वाचनमा तालमेल गर्न काँग्रेस हच्केको हच्क्यै छ । फलतःअविश्वासका जुइनै जुइनामा अल्झिएको सम्बन्ध कहाँ गएर चुडिन्छ प्रश्न निरन्तर कठघरामा छ ।