विदेश

कच्चा तेलको मूल्यमा गिरावट


काठमाडौँ — रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार पछिल्लो एकसाता यता ब्रेन्ट कच्चा तेलको मूल्यमा गिरावट आएको हो । २३ फागुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो । ट्रेन्डिङ इकोनोमीकाअनुसार यो मूल्य १४ वर्षयताकै उच्च थियो । त्यसयता निरन्तर जसो कच्चा तेलको मूल्य ओरालो लोगेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.१३ डलर रहेको छ । २३ फागुनको तुलनामा बिहीबार कच्चा तेलको प्रतिब्यारेल मूल्य ३०.८७ डलरले घटेको हो ।

युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो । युद्ध घोषणा भएको दिन २५ फेब्रुअरी प्रतिब्यारेल ९५ डलर थियो । बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ९४.६७ डलर कायम भएको थियो ।