Breaking

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्तामा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । निर्वाचन नहुने हल्ला चल्न थालेपछि आफूहरूले त्यसबारे प्रधानमन्त्रीलाई जिज्ञासा राखेको प्रचण्डले बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री देउवाले हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको थियो । सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे पनि कुराकानी भएको बताइन्छ ।

देउवाले पार्टीभित्र गठनबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको भन्दै आगामि साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने बताउनुभएको थियो ।