काठमाडौँ – डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो ।
उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरुमा विना लेभलका दही,पनिर लगायतका उत्पादनहरु बिक्रिवितरण भएको बताउनु भयो । उहाँले विना लेभलका दुग्धजन्य बस्तुहरु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताउनु भयो ।
महानिर्देशक वैघेले दुग्ध जन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नु पर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताउनु भयो ।


प्रतिक्रिया