अर्थनीति

सुनको मुल्य फेरि बढ्यो


काठमाडौँ — नेपाली बजारमा बिहीबार सुन र चाँदीका भाउमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।