Breaking

दलित संघको महाधिवेशन अनिश्चितकालिन स्थगित


काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन फेरि स्थगित भएको छ ।

चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशनलाई रोकिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले दलित नेता शम्भु हजारा पासवानलाई फोन गरी महाधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए । २०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ । २०७३ सालमै सबै जिल्लाको अधिवेशन भने सकिसकेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री, क्षेत्रसिंह टेलरलगायत संघको अध्यक्षका आकांक्षी थिए । संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका थिए ।