काठमाडौँ — रुसले युक्रेनमा आक्रमण गरेको तीन साता नाघ्यो, तर अझै युद्ध रोकिने छाटकाँट छैन । रुसले आक्रमणलाई थप विस्तार गर्दै लगेको छ । छलफल असफल हुँदै जाँदा रुसले संवेदनशील क्षेत्रहरुमा समेत विगत तीन सातादेखि पूवी युरोपका दुई छिमेकी मुलुक रुस र युक्रेनबीचको द्धन्द थप आक्रमक बन्दै गएको छ । रुसले राजधानी किभ,युक्रेनको दोस्रो ठुलो शहर खार्किभ शहरदेखि विभिन्न क्षेत्रमा मानव वस्ती, विद्यालय, सञ्चारमाध्यम, अस्पताल क्षेत्रमा समेत आक्रमण सुरु गरेको छ ।
राजधानी किभमा बुधबार विहान रुसले १२ तले आवासीय भवनमा आक्रमण गरेको छ । यता खार्किभमा पनि आवासीय क्षेत्रमा ठूला ठूला आक्रमण भएका छन् । युक्रेन रुसका सामु २१ औं दिन सम्म टिकीरहे पनि भौतिक र मानविय क्षतीको अवस्था दयनीय छ । मंगलबार युक्रेनका राष्ट्रपति भोलोमिदिमिर जेल्सिकीले रुस युक्रेनबीच जारी मस्को वार्ता सकरात्मक हुँदै गएको जनाएका छन् । यद्यपि युद्ध रोकिन भने थप समय लाग्ने उनको दाबी छ । युक्रेनका प्रमुख वार्ताकारले अबको एक वा दुई सातामा रुससँग शान्ति सम्झौता हुनसक्ने बताई रहँदा रुसले भने आक्रमण थप बढाएको छ ।
युक्रेन युद्धका कारण अमेरिका–रुस सम्बन्ध थप टकराव उन्मूख बनेको छ । अमेरिकी सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको रूपमा निन्दा गर्ने प्रस्ताव सर्वसम्मत पारित गरे । भने रुसले अमेरिकी राष्ट्रपति जो वाइडेन सहित १३ जना अमेकिरी अधिकारीलाई प्रतिवन्ध लगाउनेदेखि युक्रेनमा रहेका अमेरिकी सञ्चार माध्यममाथी पनि हमला गरेको छ । युद्ध सुरु भएदेखि नै युक्रेनलाई धेरैको सहानुभूति र सहयोग निरन्तर छ ।
बुधबार तीन छिमेकी देशका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न राजधानी किभ पुगेका थिए । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरुले मंगलबार राती युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटेर रुस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन । राष्ट्रपति जेल्सिकीले बुधबार अमेरिकी सदनलाई सम्बोधन गर्दैछन् । यसै मेसोमा अमेरिका र रुसबीच चर्किएको द्धन्द र रुस युक्रेन युद्धमा अमेरिकी भूमिका थप चासोपूर्ण छ ।


प्रतिक्रिया