Breaking

बाँकेका किसान कृषि पेशामै रमाउन थाले, देखियो स्र्माट कृषि कार्यक्रमको प्रभाव


कामठमाडौँ – कृषि पेशाबाट पलायनभएकाकिसानहरु स्मार्ट कृषिकार्यक्रमलागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेतीगर्दा उत्पादनमाकमी भएपछि मजदुरी पेशामालागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत् उक्त वडामा स्र्माट कृषिकार्यक्रमलागू भएपछि किसानपुनः कृषि पेशामा फर्केका हुन् ।

बाँकेको राप्ती सोनारीगाउँपालिका कृषि पेशामाहोमिएको गाँउपालिकाहो । तर पुरानै विधि र प्रविधिअपनाएर कृषिगर्दा उत्पादनमाकमीआएको थियो । लगानी र मिहिनेत बढी लाग्ने तर उत्पादनकमभएको कारणले किसानहरु कृषि पेशाबाट पलायनभई दैनिकज्यालादारी मजदुरी काममालागेका थिए ।

नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत् स्मार्ट कृषिगाँउकार्यक्रम सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुनः कृषि पेशामा फर्केका छन् । कृषिउत्पादनकालागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक बर्षमाकिसानहरुलाई ५० प्रतिशतअनुदानमा कृषि समाग्रीदिने र प्याकेट क्षेत्रकालागिमलबिउहरु पूर्ण रुपले ज्ञान केन्द्रले दिएपछि थपहौसलापाएका छन् ।

बर्षामाधान, हिउँदेमाआलु मात्रै उत्पादनगरिरहेका किसानहरु २०७५ सालदेखि सबै महिना खेतीगरिरहेका छन । स्मार्ट कृषिगाउकार्यक्रमलागु भएपछि अहिले १ सय७ घर धुरीले सिजनअनुसार खेतीगरिरहेका छन् । बर्षातमाधान, हिउँदेमाआलु र तोरी र बसन्तमा मकै खेतीगरि रहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जस्तो उत्पादन नभएपछि उनीहरु भारतीय मकैको बिउमानिर्भर रहनुपर्ने बाध्यता रहेको छ ।

तराईको भेग र बाँकेको माटो उर्वर भएको कारणले मकै उत्पादननिकै राम्रो भैरहेको छ । स्मार्ट कृषिगाँउकार्यक्रमलागु भएदेखि नै फत्तेपुरका किसानहरु पुर्ण रुपमा कृषिमा आबद्ध भएको कृषि ज्ञान केन्द्रकाअधिकृत दिनेश भट्टराई बताउँछन् ।

यस क्षेत्रमाउत्पादनहुने चाँद, ताला ११ जिरो सात, जेपीपाँच सय दुई जातका मकै अहिले बसन्तसिजनमा ९ बिगाहाजमिनमा मकै खेतीगरिने गरिएको छ ।

राप्ती सोनारी गाँउपालिकाले स्मार्ट कृषिगाँउकाकिसानहरुलाई आर्थिक सहयोग नगरे पनिप्राविधिक रुपमाकिसानहरुले खबर गर्न साथ सहयोग गर्दै आएको गाँउपालिकाकी कृषिप्राविधिकबताउँछिन् । नेपाल सरकारले मान्यतादिएको मकै धेरै समय लाग्ने, घोघा लामो भएपनिकमदानालाग्ने, धेरै अग्लो हुने र उत्पादनमाकमीआएको कारणले किसानहरुले भारतीय मकैको बिउ लगाउने गरेको उनको भनाई छ ।

यसरी स्मार्ट कृषिगाँउ स्थापनाभएर किसानहरुल मेहनत गरेको देख्दा हरेका गाँउपालिकाको वडा स्तरमै स्मार्ट कृषिगाँउ सञ्चालन गर्न जरुरी देखिन्छ । वडा स्तरमै स्मार्ट कृषिगाँउकार्यक्रमलागु भएपछि विदेश पलायनहुनलागेका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिई आत्मनिर्भर बनाउन र कृषिउत्पादनमा बृद्धि हुने देखिन्छ ।