राजनीति

सुरक्षा नीति थप सुदृढ बनाउनु पर्छ: प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले सुरक्षा र प्रतिरक्षालगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गर्नु भयो ।

उहाँले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाइएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्न जोड दिनुभयो ।