काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनीलाई हराएको छ । केही समय अघि यूएईको सारजाहमा सम्पन्न खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो ।
पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले ।
उनीहरुबीच पाचौँ विकेटका लागि १०२ रनको साझेदारी भएको थियो । रोहितले ८२ बलको सामना गर्दै ५८ रन जोडेका थिए भने आरिफले ८४ बलमा ५३ रन बनाए । खेलको म्यान अफ दि म्याच रोहित घाषित भए ।
पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २÷२ विकेट लिए । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
प्रतिक्रिया