Breaking

अदालतलाई अस्थिर बनाउने गठबन्धनको प्रयास सफल हुन नदिने एमालेको निर्णय


काठमाडौँ – नेकपा एमालेले सत्ता गठबन्धन न्यापालिकालाई अस्थिर बनाउने उद्देश्यले अघि बढेको भन्दै त्यसको संवैधानिक तथा कानूनी प्रतिवादमा उत्रिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभइ अदालतलाई आफू अनुकूल चलाउन आएको थियो भन्ने कुरा संसदको अधिवेशन हठात् अन्त्य गर्नुले पनि पुष्टि भएको बताउनुभयो ।

साथै ओलीले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत जित हासिल गर्ने दाबी समेत गर्नु भयो ।