समाचार

शेयर बजार झन्डै २० अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार


काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको छ ।

पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।