राजनीति

बिरामीको रोजाईमा आयुर्वेद औषधालय


काठमाडौँ – मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरुमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो ।

विगत भन्दा अहिले आएर आयुर्वेदतर्फ सर्वसाधारणहरुको रुची बढ्न थालेको छ । जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अगाडीसम्म दैनिक १०–२० जना बिरामी उपचारका लागि यहाँ आउने गर्थे । तर, आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीयबासीहरु बताउँछन् ।

स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने अस्पतालका प्रमुख डा. सिमा झाले बताउनु भयो ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले बताउँदै आएको छ ।