समाचार

वैदेशिक शिक्षामा सघाउन ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एप सुरु


काठमाडौँ —सर्च एजुकेशन नेपालले विद्यार्थीहरूको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ ।

पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसर अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।
यो सेवा गुगलप्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत उपलब्ध हुने छ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षायात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनमा जाँदा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने विश्वास लिइएको छ ।
सर्च एजुकेशन नेपालका अनुसार एपको प्रयोगले निम्न फाइदा पुग्छ
●कोर्सहरू खोज : विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ ।
●कोर्सहरू तुलना : सर्टलिस्ट गरिएका कोर्सहरू मध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिने छ ।
● कोर्सहरूको लागि आवेदन : कोर्सबारे निर्णय गरेपछि, यसपोर्टल मार्फत आफुलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइनमार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ ।
● विशेषज्ञ काउन्सलरद्धारा सहायता प्राप्त गर्न सकिने : आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि इााभची भततभ पठाए पश्चात विद्यार्थीले उक्त इााभच भिततभच स्वीकार गने र अन्य प्रकृयाहरु सुरु गर्न सकिने छ ।

उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू र बीमा आदिबारे आवश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।

यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तत्र्रिmया गर्न सहज हुनुका साथै कलेजहरू र विश्व विद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।

सर्च एजुकेशनसन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ । विश्वभरका विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा र उच्च–गुणस्तरका सुविधाहरूमा पहुँच प्रदान गरेर उनीहरूलाई सशक्त बनाउन प्रयासरत छौँ ।

नेपालमा, सर्च एजुकेशनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू रहेका छन् । आगामी दिनहरूमा काठमाडौं उपत्यकाभित्र, बाहिर विभिन्न स्थानमा शाखा विस्तारको प्रक्रियामा रहेका छौँ । हामीले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएका छौँ ।

For more information : Contact 01-4544213, 01-4544203, 01-4544313, 01-4544189, 01-4544197, 01-5444195 or 9808152223 (Viber & WhatsApp).

Visit our website – www.searcheducation.com