समाचार

सुमो दुर्घटनामा परी सोलुखुम्बुमा ३ जना घाइते


काठमाडौँ — सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको सुमो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । ना. १ ज ४८०४ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका-११ तिङनासामा दुर्घटना भएको हो ।

दुर्घटनामा सवारीचालक सिन्धुपल्चोक जुगल गाउँपालिका-५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौं महानगरपालिका-१० का ३२ वर्षीय शेखर शर्मा घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । ९ जना सवार सो गाडीमा ६ यात्रु भने सकुशल छन् ।

घाइते सबैलाई रमिते स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात काठमाडौं पठाइएको जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कट्‍वालले जानकारी दिए । सुमो अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल पुगेको प्रहरीले जनाएको छ ।