Breaking

एमाले संसदीय दलको आकस्मिक बैठक


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । दलको बैठक बुधबार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्दैछ ।