विदेश

युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु


काठमाडौँ — युक्रेनको राजनधानी कीभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कीभका मेयर भिटाली क्लिट्स्कोले कठिन र खतरनाक क्षणको चेतावनी दिदैँ राजधानीमा ३५ घण्टाको कर्फ्यु घोषणा गरेका हुन् ।

रूसी हवाई हमलाले रातभर एउटा मेट्रो स्टेशन र आवासीय भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो। यस्तै, रूसी सेनाले मारिउपोलको एक अस्पतालभित्र डाक्टर र बिरामीसहित ४०० जनालाई बन्धक बनाएर राखेको डेपुटी मेयरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

मंगलबार मात्रै करिब २० हजार मानिसहरुले शहर छाड्न सफल भएको एक वरिष्ठ युक्रेनी अधिकारीले जानकारी दिएका छन्। यसैबीच, युक्रेनी र रूसी अधिकारीहरुबीचको वार्ता आज पनि जारी रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।