Breaking

एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने


काठमाडौँ – प्रतिपक्षी दल नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पार्टीको पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।

मंगलबार अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा बसेको बैठकले पोलिट्व्यूरो बैठक चैत्र ७ गते, केन्द्रीय कमिटी बैठक ९–१० गते र स्थायी कमिटी बैठक ११ गते बस्ने निर्णय गदै एजेण्डा तय गरेको हो ।

केन्द्रीय बैठकमा जिल्लाको शक्ति सन्तुलन र कामका बारेमा रिपोर्टिङ लगायत राजनीतिक प्रतिवेदन पनि पेस हुने प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

निर्वाचन विभाग पनि गठन भएको उनले बताए ।