खेलकुद

विश्वकप लिग–२ अन्तर्गत नेपालले भोली पपुवा न्यु गिनीको सामना गर्दै


काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको पहिलो खेलमा नेपालले भोली पपुवा न्यु गिनी सँग खेल्दै छ । त्यस्तै, दोस्रो खेल भने घरेलु टोली यूएई सँग खेल्ने छ ।

मैत्रीपूर्ण खेलहरु खेलेपनि नेपालले यूएई र पीएनजीसँग लिग दुईमा पहिलो पटक खेल्न लागेको हो । लिग दुईमा नेपालले ८ खेलमा ४ जित निकाल्न सफल छ । ४ खेल हारेको नेपाल ८ अंकका साथमा अंक तालिकाको छैठौं स्थानमा छ ।

लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ । यता पीएनजी १२ खेलमा १२ हार व्यहोर्दै बिना कुनै अंक तालिकाको पुछारमा रहेको छ । यस्तै १४ खेलमा ७ जित र १ बराबरीका साथ १६ अंक जोडेको यूएई तालिकाको तेस्रो स्थानमा छ ।

यस सिरिज अघि नेपालले विश्वकप लिग दुई अन्तर्गतको दुई सिरिज खेलिसकेको छ । पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानलाई आतित्यथा गरेको थियो ।