काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो दिन आज दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५२ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३० कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।
प्रतिक्रिया