Breaking

सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस


काठमाडौँ – सरकारले चालू संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । जारी अधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपनि अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपनि छलफल नहुँदै अन्त्यको भएको हो । अव यो प्रस्ताव अघि बढाउन पेस भएको ३ महिना नपुग्दै अर्को अधिवेशन बोलाउनु पर्ने संविधानविद् भिमार्जुन आचार्य बताउनुहुन्छ ।

दलहरु निर्वाचन केन्द्रित बनेको र संसद्मा महत्वपूर्ण विधेयकमा छलफलको वातावरण नभएकोले जारी अधिवेशन अन्त्य गरिएको कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।