मौसम

दिनदिनै तापक्रम बढ्दो, सजग रहन सुझाव


काठमाडौँ – नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।

सोमवार सम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उहाँले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताउनुभयो ।

जलवायु विज्ञ डा. उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गर्नुभयो ।

उहाँले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताउनुभयो । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उहाँले बताउनुभयो ।