Breaking

जनताले विकल्प खोजेका छन्, त्यो विकल्प हामी हौँ : महामन्त्री पाठक (भिडियोसहित)

'कांग्रेस–वामपन्थी असफल भए'


काठमाडौँ — स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र निर्वाचन आयोग तिव्र तयारीमा जुटेका छन ।

सरकारले आमागी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दैछ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी तयारीमा होमिएका छन् । साना दलहरु चुनावी अभियानमा कम सक्रिय देखिए पनि ठूला राजनीतिक दलहरु अभियान सहित चुनावको तयारीमा जुटेका छन । निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण जिम्मा पाएको निर्वाचन आयोग योजनावद्ध रुपमा निर्वाचनको पूर्वतयारीका कामहरुमा सक्रिय छ । यिनै सन्दर्भमा राप्रपाका महामन्त्री भवन पाठकसँग योहो टेलिभिजनको योहो बहसमा गरिएको कुराकानी :