समाचार

दक्षिण कोरिया पठाउँछु’ भनेर ठगेको आरोपमा कोरियन नागरिक रे सी जङ्ग पक्राउ


काठमाडौँ — दक्षिण कोरियाबाट घुम्न आएका कोरियन नागरिकले काठमाडौंमा ठगी धन्दा चलाउने गरेको थाहा भएको छ । काठमाडौंको चाबहिलमा बसेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रे सी जङ्गलाई पक्राउ गरेको छ ।

चाबहिलस्थित लाहुरेचोकमा रहेको ‘ओके कन्सल्टेन्सी’मार्फत दक्षिण कोरिया पठाउँछु भनेर रे सीले ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जानकारी प्राप्त भएको छ । कोरिया सपना देखाएर उनले ‘वेल्डिङ ट्रेनिङ्ग’ गराउने गरेका थिए । तर, पैसा लिएर तालिम गराएपनि उनले दक्षिण कोरिया नपठाएर ठगेको भन्दै पीडितले ब्युरोमा उजुरी गरेका छन् । यस बिसयमा थप अनुसन्धान गरिरहेको छ ।