काठमाडौँ —जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । भेरी नगरपालिका १ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको मंगलबार बिहान छतबाट खसेर मृत्यु भएको हो ।
भेरी नगरपालिका( ३ ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक पोल्टी फर्ममा काम गर्थे । पोल्टी फर्म सञ्चालकको घरको चौथो तलाबाट बिहान ५ बजेतिर खसेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया